Home / Uncategorized / शाहरुखद्वारा २५ हजार पीपीई सहयोग

शाहरुखद्वारा २५ हजार पीपीई सहयोग

एजेन्सी । भाइरस कोभिड १९ को रोकथामका लागि बलिउड स्टार शाहरुख खानले सहयोगको हात अगाडि बढाएका छन्।

शाहरुख खानले भारतको महाराष्ट्र सरकारलाई २५ हजार पीपीई (पर्सनल प्रोटेक्टिब युनिट) हस्तान्तरण गरी सहयोगको हात अगाडि बढाएका हुन्।

बलिउडका किङ खानले कोरोना भाइरसको लडाइँका लागि लगातार सरकारलाई सहयोग गर्दै आएका छन्। यसअगाडि उनले पत्नी गौरी खानका साथ आप्mनो ४ मञ्जिला निजी कार्यालयलाई क्वारेन्टाइनका लागि दिएका थिए।

त्यसै गरी उनले कोरोनाविरुद्धको युद्धका लागि पीएम केयर्स फन्ड र महाराष्ट्र मुख्यमन्त्री राहत कोष आर्थिक योगदान गरेका थिए।

पछिल्लो समय शाहरुखले इन्स्टाग्राममा जानकारी सेयर गर्दै आप्mनो आईपीएल क्रिकेट टीमका तर्पmबाट प्रधानमन्त्री केयर फन्ड तथा महाराष्ट्रका मुख्यमन्त्री रिलिफ फन्डमा रकम जम्मा गर्ने जनाएका थिए।

उनले सहयोग गरेको रकम भने खुलाइएको छैन। र पनि उनीद्वारा दिइएको रकम बलिउड नगरीको तर्पmबाट सबैभन्दा धेरै भएको अनुमान लगाइएको छ।

यसै बीच महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले सहयोगका लागि शाहरुखप्रति आभार व्यक्त गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *