Home / Nepal / कोरोना असर : बिमा समितीद्वारा आर्थिक सुरक्षण प्रदान गर्न नयाँ बीमालेख जारी

कोरोना असर : बिमा समितीद्वारा आर्थिक सुरक्षण प्रदान गर्न नयाँ बीमालेख जारी

काठमाडौँ । बीमा समितिले कोरोना भाइरस (कोभिड १९) बाट हुने रोगको रक्षावरण हुने गरी नयाँ बीमालेख जारी गरेको छ।

समितिले बिहीबार एक विज्ञप्ती जारी गर्दै कोभिड १९ बाट उत्पन्न हुनसक्ने जोखिमको आर्थिक सुरक्षण प्रदान गर्न उक्त बीमालेख जारी गरेको हो।

उक्त बीमालेखमा हाल विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी गर्ने व्यवस्था गरेको छ । उक्त बीमा अन्तर्गत क र ख बीमांक कायम गर्ने समितिले जनाएको छ ।

एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ बीमांकको अलग अलग बीमालेख रहेका छन्। एक लाख बीमांकका लागि व्यक्तिगत रुपमा बीमा गर्दा प्रति व्यक्ति एक हजार रुपैयाँ र सम्पुर्ण परिवारको सदस्यको समेत गर्ने गरी बीमा समावेश भएमा प्रतिव्यक्ति ६ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको बीमा समितिले जनाएको छ।

यस्तै ५० हजार रुपैयाँ कुल बीमांक रकमको लागि प्रतिव्यक्ति ५ सय रुपैयाँ र परिवारको सम्पुर्ण सदस्यको बीमा गर्दा ३ सय रुपैयाँ बीमा शुल्क कायम गरिएको छ।

दाबीका लागि भने बीमा शुरु भएको १५ दिनसम्म प्रतिक्षा अवधि रहनेछ। दाबी भुक्तानीका लागि कोरोना भाइरस पुष्टि हुने पीसीआर नतिजा पोजिटीभ हुन साथ दाबी गर्न सकिनेछ।

कोरोना भाइरस बीमाको व्यवस्थापन लघुबीमा अन्तर्गत मौजुदा लघु बीमा मार्फत गर्ने र बीमालेखहरु जारी गर्दा हाल कृषि बीमा तथा घुम्ती बीमाका लागि तोकिएका जिल्लामा कार्यरत बीमा कम्पनीले अनिवार्य रुपमा गर्नुपर्ने बीमा समितिले जारी गरिएको विज्ञप्तीमा उललेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *