पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा . बाबुराम भट्टराईले ठूला भ्रष्टाचार काण्डको छानवीन र गर्न अधिकारसम्पन्न जनलोकपाल गठनको प्रस्ताव गरेका छन।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार बाबुरामलाइ बुढीगण्डकी जलविद्युत आयोजनामा भएको भ्रष्टाचार देखाउन चुनौती दिन दिए लगत्तै त्यसको जवाफ स्वरुप भट्टराईले ट्विटर मार्फत नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाइ जस्केलाबाट छिर्नेहरूले सत्ताको तुजुक नदेखाऊ भन्दै व्यंग्य गरेका छ्न।
भट्टराईले बुढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रिन्टिंग, यति, ओम्नी लगायत सबै ठूला भ्रष्टाचार काण्डको छानवीन र दण्डसजाय गर्न अधिकारसम्पन्न जनलोकपाल गठन गर्न सुझाव दिएका छ्न ।
सबै उच्च पदासीनहरूको सम्पत्ति छानवीन गर्न आफु पूर्ण सहयोग गर्न र दोषी ठहरे दण्डित हुन तयार छु भन्दै शक्तिशाली आयोग गठनको प्रस्ताव गरेका हुन।






