Home / Nepal / आयुर्वेद डाक्टरको सरकारलाई खुला पत्र

आयुर्वेद डाक्टरको सरकारलाई खुला पत्र

सरकारलाई खुला पत्र
डा.चन्द्रवली शाह
बि.ए.एम.एस.(आयुर्वेद चिकित्सक)
बागमती प्रदेश अन्तर्गत समायोजन भइ कार्यरत

विश्व नै कोविड़ १९ को चपेटामा रहेको बेलामा हाम्रो देश नेपाल त्यसको असरबाट अछुत रह्न सकेन सरकारले आफ्नो तरिकाले छिटोभन्दा छिटो नै लक् डाउन घोषणा गर्यो त्यसमा सम्पूर्ण आम नेपाली जनसमुदाय हरुले सहयोग गर्नुभएको अवस्था छ ।

यस्तो अवस्थामा सबैभन्दा जोखिम पूर्ण अवस्थामा कामकाज गर्ने स्वास्थ्यका कर्मचारीहरुको मनोबल उच्च बनाउनको लागि संघीय सरकारले दिएको अभिव्यक्तिले पटक पटक आलोचना खेपिनैरहेको छ ।


नेपालमा यो महामारीको चपेटमा आउनुभन्दा केहिदिन अगाडिमात्र स्वास्थ्य सेवाका सम्पूर्ण कर्मचारीहरुको समायोजन प्रक्रिया पुरा गरेतापनि आलोचना खेप्नबाट बन्चित रहन सकेन ।

बास्तवमा नेपालको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले प्रशासनका कर्मचारीहरुको समायोजन प्रक्रिया पुरा गर्दा एक तह बढुवा गरि समायोजन प्रक्रिया पुरा गर्यो ।

तर तेही अर्कोपट्टी स्वास्थका कर्मचारीहरुलाई खाएखाउ नखाए घिच भन्ने वातावरण सिर्जना गर्यो स्वास्थ्यका कर्मचारीहरुको सोहि तहमा कामकाज गर्न बाध्य बनाइयो ।

निरिह आफ्नो पिडा लुकाएर अर्काको घाउमा मलम लगाउने स्वास्थ्यका कर्मचारीहरु आफ्नो पिडा लुकाएर नै बसे ।

अहिले सबैतिर स्वास्थ्यका कर्मचारीहरुको उच्च मनोबलका कुरा गर्दैछन त कहिँ विमाको कुरा गर्दैछन यदि जिउँदो अवस्थामा सधैभरी अपहेलना र मरेपछिको विमाको के काम ?


यस्तो अवस्थामा यदि सरकारले सरकारी सेवामा कार्यरत रहनुभएका स्वास्थ्यका कर्मचारीहरुको मनोबल उच्च राखी कामकाज गर्न लगाउनका लागि सबै स्वास्थ्यका कर्मचारीहरुलाई एक तह बढुवा गरिनुपर्दछ ।

त्यसैगरी कार्यरत तह भन्दा माथिको योग्यता भएका स्वास्थ्यका कर्मचारीहरुको एवं चिकित्सकहरुको हकमा योग्यता भएको पदमा योग्यताको आधारमा पदस्थापना गरिनुपर्दछ ।

बिमाको हकमा कर्मचारी मरेमा मात्र बिमा होइन अवकाश पछि विमा बराबरको रकम स्वास्थ्यका कर्मचारीले अनिवार्य पाउने व्यवस्था गरिनुपर्दछ ।


उदाहरणको लागि एउटा गाउँपालिकाको कार्यकारी शाखा अधिकृत (छैठो तह)को हुन्छ, तर एउटा चिकित्सक आठौँ तह को शाखा अधिकृतको अन्डरमा किन सरकार
तसर्थ यो भेदभाव हटाइयोस ।

सरकार र “स्वास्थ्यका कर्मचारीहरुको मनोबल उच्च बनाउन सबै स्वास्थ्यका कर्मचारीहरुलाई एक तह बढुवा गरिनुपर्दछ,।

त्यसैगरी कार्यरत तह भन्दा माथिको योग्यता भएका स्वास्थ्यका कर्मचारीहरुको एवं चिकित्सकहरुको हकमा योग्यता भएको पदमा योग्यताको आधारमा पदस्थापना तथा बिमाको हकमा कर्मचारी मरेमा मात्र बिमा होइन ।

अवकाश पछि विमा बराबरको रकम स्वास्थ्यका कर्मचारीले अनिवार्य पाउने व्यवस्था ’’गरि साथै सम्पूर्ण सुरक्षा सामग्री (एएभ्) सहित कोविड़ (१९ संग लड्नका लागि पठाइयोस् हामी खुला हृदयले जंग लड्न तयार छौं ।

हामी सम्पूर्ण स्वास्थ्यका चिकित्सक (आयुर्वेद सहित सम्पूर्ण क्षेत्रका ) पारामेडिक्स, नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी , आयुर्वेद लगायतका सम्पूर्ण स्वास्थ्यका कर्मचारीहरु ऋइच्इल्ब् को जंगमा होमिएका छौं ।

हामीलाई सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरुले अवश्य उच्च मनोबलका साथ कामकाज गर्न सहयोग गर्नुहुनेछ भन्ने आशा समेत गर्दछु ।

डा.चन्द्रवली शाह
बि.ए.एम.एस.
बागमती प्रदेश अन्तर्गत समायोजन भइ कार्यरत

Leave a Reply

Your email address will not be published. Required fields are marked *