बलिउड । कोरोना भाइरस (कोभिड–१९) का विषयमा केन्द्रित रहेर चलचित्र निर्माण भएको छ । बीबीसी हिन्दीका अनुसार यो महिनाको अन्त्यमा उक्त चलचित्र डिजिटल प्लेटफर्मममा हेर्न पाइने छ ।
चलचित्रको नाम ‘कोरोनाः फियर इज अ भाइरस’ राखिएको छ ।
यसमा लिफ्टमा फसेका जनालाई मुख्य पात्र बनाइएको छ । लिफ्टमा फसेका ७ जना मध्ये एकमा खोकी आएपछि चलचित्रको मुख्य कथा र पात्रको संघर्ष सुरु हुन्छ ।
निर्देशक मोस्तफा केशवानीले यो चलचित्र चीनमा कोरोनाको संक्रमण देखिन बित्तिकै बनाउन सुरु गरेका थिए । पछि उक्त भाइर भारतसहित विश्वका अधिकांश देशमा पुग्यो ।






