काठमाडौं : न्युरोड, संकटा क्षेत्रमा झुन्ड्याइएको छाता हटाइएको छ। कोरोना महामारीपछि सुस्ताएको व्यापारलाई माथि उकास्न चहलपहल बढाउने उद्देश्यले छाता झुन्ड्याइएको थियो। अत्याधिक भिड बढेपछि छाता निकालेको संकटा क्लबका सचिव आशिषमान सिंहले बताए।
पहिला अत्यधिक भिडभाड थिएन तर छाता झुन्ड्याइएसँगै उक्त सडकखण्डमा दैनिक २० हजारको हाराहारीमा मानिस घुम्न पुग्न थालेका थिए। मानिसहरुको ध्यान न्युरोड, संकटाको बजारतिर केन्द्रित भए सँगै सडक क्षेत्र भाइरल बन्न पुग्नुको हो। साथै ट्राफिक व्यवस्थापनमा पनि समस्या आएको थियो। सोही भिड थाम्न नसकिएको कारण अन्त्यमा छाता निकाल्ने निर्णय गरेको सिंहले बताए।
कोरोनाकालमा भिडभाडबाट हुने उच्च जोखिम, ट्राफिक व्यवस्थापनमा चुनौतीलगायतका कारण सबै व्यापारीले छाता निकाल्ने निर्णय गरेको उनले जानकारी दिए। करिब तीन लाख रुपैयाँ खर्च गरेर छाता राखिएको थियो ।






