काठमाडौं: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा तरङ्ग ल्याएको छ।
आइतबार दिउँसो नेकपाका १८ जना सांसदहरुले हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका थिए
कर्णाली प्रदेशमा उत्पन्न विवाद समाधान गर्न नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आज छलफल गर्ने बुझिएको छ।
प्रधानमन्त्री सचिवालयका अनुसार दुईअध्यक्षबीच भेटवार्ता हुने जनाइएको छ।
पूर्व एमाले समूहका १५ र पूर्व माओवादी समूहका ३ जना सांसद विपक्षमा उभिएपछि दुवै अध्यक्षले यस बिषयमा चासो राखेको र आजको भेट त्यसै विषयमा केन्द्रीत हुने बुझिएको छ।






