चटपटे किनबेचको विषयमा वादविवाद हुँदा सुनसरीको बराहक्षेत्र १, कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या भएको छ। हत्यामा सम्लग्न १६ वर्षीय किशोर पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सुनसरीले जनाएको छ।
प्रहरीका अनुसार शनिबार छिमेकीको घरमा धामी बसेको हेर्न गएका बेला चटपटे किन्न आएका किशोरसँग अहिले राती चटपटे छैन भनेर बालिकाले भनेपछि ती किशोरले बोतलले प्रहार गरि घाँटी कसेर हत्या गरेका थिए।
बालिकाले राति चटपटे नभएको बताएपछि बालिकाको टाउकोमा बोतलले हानेको र त्यसपछि घाँटी थिची हत्या गरेका थिए। घटनाको अनुसन्धान गर्न धरानबाट लैला नामको कुकुरसहितको टोली र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो।
आइतबार बिहान पक्राउ परेका किशोरलाई सुनसरी जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको छ।





