अबुधाबी: कप्तान रोहित शर्माको ५४ बलमा ३ चौका र ६ छक्कासहित ८० रनको मदतले मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज कोलकाता नाइट राइडर्सलाई पराजित गरेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईका लागि ओपनर शर्माले ८० रन जोडेका थिए। यस्तै सूर्यकुमार यादवले २८ बलमा ६ चौका र १ छक्कासहित ४७ रन बनाएका बनाएका थिए भने सौरभ तिवारी २१ र हार्दिक पान्डेले १८ रनको योगदान गरेका थिए।
१९६ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोलकाताका लागि खासै कसैले उल्लेखनिय योगदान गर्न सकेनन। प्याट कमिनसन ३३, कप्तान दिनेश कार्तिक ३० र नितिश राना २४ रन बनाएर मैदान छोडेका थिए।
१९६ रनको बिजयी लक्ष्य मात्र १४६ रन बनाउदै कुल २० ओभर समाप्त भएको थियो। बलिउड हस्ती साहरुख खानको ५५% लगानी रहेको कोलकाता नाइट राइडर्सले जारी सिजनमा पहिलो खेलमा नै पराजयको सामना गर्नु परेको छ।





