Home / Nepal / इटहरी नगरपालिका द्वारा १०० बेडको आइसोलेसन कक्ष संचालनमा

इटहरी नगरपालिका द्वारा १०० बेडको आइसोलेसन कक्ष संचालनमा

इटहरी: कोरोना संक्रमितको वृद्धि संगै इटहरी उपमहानगरले इटहरी ९ मा रहेको रंगशालामा सय बेडको आइसोलेसन केन्द्र स्थापना गरेको छ।

आइसोलेसनको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेल, इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले संयुक्त रुपमा उद्घाटन गरेका छन।आइतबारदेखि सञ्चालनमा आएको आइसोलेसन संगै स्वाब संकलन केन्द्र पनि रंगशालामै ल्याइएको छ।

स्वाब संकलन र संक्रमित पनि रंगशालामै रहनेगरि व्यवस्था गरिएको र आइसोलेसनमा आउने बिरामीका लागि आवश्यक सामग्रीको व्यवस्थापन गरिसकिएको इटहरी उपमहानगर वडा नम्बर ९ का अध्यक्ष भूपेन्द्र बरालले जानकारी दिनुभएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *