Home / Society / भक्तपुरमा एकै परिवारका तीन जना घरभित्रै कुहिएको अवस्थामा मृत फेला

भक्तपुरमा एकै परिवारका तीन जना घरभित्रै कुहिएको अवस्थामा मृत फेला

काठमाडौं । भक्तपुरमा एकै परिवारका तीन जना घरभित्रै मृत फेला परेका छन् ।

मध्यपुर थिमी नगरपालिका-९ निकोसेरास्थित एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेका हुन । उनीहरु श्रीमान, श्रीमती र छोरा रहेको बताइएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दिपक थापाले कुहिएको अवस्थामा शव भेटिएको बताए ।

“घटनास्थलमै छौं, कुकुरसहितको टोलीले अनुसन्धान गरिरहेको छ” एसएसपी थापाले भने, अहिले नै केही भन्‍न सकिन्‍न ।”

प्रतिकात्मक तस्बिर ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *