Home / Nepal / सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु

काठमाडौं : मुगुमा भे१ख ३१६७ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको छ। आज दिउँसो करिब साढे १ बजे भएको दुर्घटनामा परी २३ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

सुर्खेतबाट मुगुको गमगढीतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिका–७, पिनाटपेन खोलामा दुर्घटना भएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधवप्रसाद श्रेष्ठले बताए।

अहिलेसम्म २३ जनाको मृत्यु भएको छ। अरूको पुष्टि भइसकेको छैन। घाइतेको उद्धारका लागि सुर्खेतबाट नेपाली सेनाको हेलिकोप्टर उडिसकेको उनले बताए।

उनका अनुसार मृतकको सनाखत भएको छैन। दुर्घटनामा केही यात्री घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *