मड्रिड । स्पेनमा बुधबार नोभेल कोरोना भाइरसको संक्रमणबाट ७५७ जनाको मृत्यु भएको छ । I
यसअघि लगातार दैनिक मृत्यु हुनेको संख्या घटे पनि मंगलबार भने उक्त संख्या बढेको थियो ।
मंगलबार स्पेनमा ७४३ जनाको मृत्यु भएकोमा बुधबार भने फेरि बढेर७५७ जना पुगेको हो ।
यसअघि २ अप्रिलमा कोरोना संक्रमणबाट ९५० जनाको मृत्यु भएको थियो ।
तर, त्यसपछि लगातार चार दिन घटेपटि कोरोना संक्रमण नियन्त्रणमा आउने अपेक्षा गरिएको थियो ।
नोभेल कोरोना भाइरसको संक्रमणबाट बुधबार ६ हजार १८० जनामा संक्रमण भएको छ ।
हालसम्म कोरोना संक्रमणबाट एक लाख ४७ हजारको मृत्यु भएको छ । अन्य युरोपियन मुलुकभन्दा स्पेनमा कोरोना संक्रमितको संख्या बढी छ ।
विश्व स्वास्थ्य संगठनका क्षेत्रिय निर्देशक डा. हान्स कल्जले बुधबार इटाली र स्पेनमा कोरोना प्रकोप कम हुने कुनै संकेत नभएको बताएका थिए ।
तर, युरोपका अन्य मुलुकमा भने कोरोना संक्रमणको अवस्थाको सुधारमा भइरहेको बताएका थिए ।
जर्मनीको कोरोना संक्रमितको संख्या एक लाख नाघे पनि मृत्यु हुनेको संख्या भने कम छ । जर्मनीमा कोरोना संक्रमितको संख्या एक लाख तीन हजार पुगेको छ भने १८ सयको मृत्यु भएको छ । – बीबीसी






