Home / Nepal / News / बेलायतमा २० हजार स्वास्थ्यकर्मी र उनीहरुको परिवारको कोरोना परीक्षण

बेलायतमा २० हजार स्वास्थ्यकर्मी र उनीहरुको परिवारको कोरोना परीक्षण

लन्डन । बेलायतमा २० हजार स्वास्थ्यकर्मी र उनीहरुका परिवारको कोरोना परीक्षण गरिएको छ । 

बेलायत सरकारका अनुसार बेलायतको राष्ट्रिय स्वास्थ्य सेवामा कार्यरत स्वास्थ्यकर्मी र उनीहरुका परिवारको कोरोना परीक्षण गरिएको हो । विभिन्‍न १३ स्थानमा कोरोना परीक्षण साइटबाट ९ हजारको जाँच गरिएको बताइएको छ । 

एक दिनमा करिब १४ हजारको कोरोना जाँच गरिएको पनि बताइएको छ । बेलायतका हालसम्म कोरोना संक्रमितको संख्या ५५ हजार २४२ पुगेको छ भने ६ हजार १५९ को मृत्यु भएको छ । -बीबीसी

Leave a Reply

Your email address will not be published. Required fields are marked *