Home / Nepal / News / सुलभ अग्रवालसँग अदालतद्वारा २५ लाख ५० हजार धरौटी माग

सुलभ अग्रवालसँग अदालतद्वारा २५ लाख ५० हजार धरौटी माग

काठमाडौं । थर्मल गन कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यवसायी सुलभ अग्रवालसँग जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटी माग गरेको छ ।

न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले २५ लाख धरौटीमा अग्रवाललाई छोड्ने आदेश दिएको हो ।

अग्रवालले धरौटी बुझाएसँगै उनी रिहा हुनेछन् । स्रोतका अनुसार उनलाई आजै रिहा गर्ने तयारी हुदैछ ।

जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालक समेत रहेका अग्रवाल गत चैत २५ गते कालोबजारी गर्दागर्दैपक्राउ परेका थिए। तीन हजार पर्ने थर्मलगनलाई १५ हजार रुपैयाँमा बेचेको आरोपमा उनलाई पक्राउ गरिएको थियो ।

किर्गिस्तानका लागि नेपालका अवैतनिक वाणिज्यदूत रहेका अग्रवालले कालोबजारीका लागि सरकारी गाडिको प्रयोग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *