Home / Nepal / News / धरौटीमा छुटेलगत्तै सुलभ अग्रवाल पुन: पक्राउ

धरौटीमा छुटेलगत्तै सुलभ अग्रवाल पुन: पक्राउ

काठमाडौं । सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् ।

थर्मल गन कालोबजारी गर्दागर्दै रंगेहात पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई सम्पत्ति शुद्धिकरण विभागले अनुसन्धान गर्ने भएपछि महानगरीय परिसर काठमाडौंले अदालत परिसरबाटै पक्राउ गरको हो ।

अग्रवाललाई बिहिबार जिल्ला अदालत काठमाडौंले २५ लाख ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको आदेशमा अग्रवालको साथबाट बरामद भएका ६७ थान थर्मल गन साझा स्वास्थ्य सेवा मार्फत प्रति गोटा रु. ४११०.९४ मा बिक्री गरी कुल हुनआएको २७५४२३.९८ रकम जिल्ला प्रशासन कार्यालयको खातामा जम्मा भएकोमा अदालतको धरौटी खातामा सो रकम पनि जम्मा गर्न भनिएको छ ।

धरौटीमा छुटेलगत्तै अग्रवाललाई परिवारका सदस्यहरु लिन आएका थिए ।

तर, प्रहरीले उनलाई गेटबाटै पुनः पक्राउ गरेको थियो । त्यसक्रममा अग्रवालका पक्षबाट रोक्ने प्रयास भएपनि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *