Home / Politics / नेपाली कांग्रेसका शुभेच्छुक द्वारा शनिबार देशभर प्रदर्शन

नेपाली कांग्रेसका शुभेच्छुक द्वारा शनिबार देशभर प्रदर्शन

काठमाडौं : नेपाली कांग्रेसका शुभेच्छुक संस्थाहरुले संयुक्त रूपमा प्रतिनिधिसभा विघटनविरुद्ध शनिबार देशभर प्रदर्शन गरेका छन्।

नेपाली कांग्रेसको केन्द्रीय निर्णयानुसार काठमाडौंको सुन्धारा, भद्रकाली क्षेत्रमा प्रदर्शन गरिएको हो। प्रदर्शनमा सहभागीहरुले ‘ ‘सर्वसत्तावाद मूर्दावाद’, ‘सबै श्रमिकहरुको स्थानीय तहमा पञ्जीकरण गर’ प्रतिनिधिसभा पुनर्बहाली गर’, ‘बेरोजगार बिमा लागु गर’, लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आज शुभेच्छुक संस्थाले प्रदर्शन गर्नेलगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो। नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, प्रजातान्त्रिक प्राध्यापक संघलगायतका कांग्रेसका शुभेच्छुक संस्थाले संयुक्त प्रदर्शन गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *