Home / Nepal / News / सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पूर्णमान शाक्य विजयी

सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षमा पूर्णमान शाक्य विजयी

काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसनको ३३औँ नयाँ कार्यसमितिका लागि शनिबार भएको निर्वाचनमा वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य अध्यक्षमा विजयी भएका छन् । उनी २९५ मत ल्याएर विजयी भएका हुन्। उनका प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रविनारायण खनालले २५० मत प्राप्त गरेका छन्।

वरिष्ठ अधिवक्ता शाक्यले बृहत् लोकतान्त्रिक समावेशी (मधेसी, आदिवासी, जनजाति) पेसागत कानुन व्यवसायी समूहको तथा अधिवक्ता खनालले प्रगतिशील, पेसागत, देशभक्त तथा समावेशी कानुन व्यवसायी समूहको नेतृत्व गरेका थिए।

नयाँ कार्यसमितिका उपाध्यक्षमा मुकुन्दप्रसाद पौडेल, सचिवमा ऋषिराम घिमिरे, सहसचिवमा शर्मिला श्रेष्ठ र कोषाध्यक्षमा विनोदकुमार कार्की विजयी भएका छन्।

महिला सदस्यमा अमिता गौतम पौडेल तथा सदस्यहरुमा अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दीपनारायण शाह, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, मिराज श्रेष्ठ, डा. रामहरि त्रिपाठी र निर्मला भण्डारी विजयी भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *