काठमाडौं । काठमाडौंको कागेश्वर मनोहरा क्षेत्रमा चैत ५ गतेपछि विदेशबाट आएका ६१ जनाको सोमबारदेखि र्यापिड टेष्ट सुरु गरिएको छ ।
“हामीले हाम्रो नगरपालिकामा चैत ५ गतेपछि विदेशबाट आउनुभएका व्यक्तिहरुको लगत संकलन गरेका थियौं,”
कागेश्वर मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले भने,
“हामीले सोमबारदेखि नै र्यापिड टेष्ट सुरु गरेका हौँ । अहिलेसम्म ३६ जनाको टेष्ट गर्यौँ । विदेशबाट आउनासाथ हामीले होम क्वारेन्टाइनमा बस्न भनेका थियौं । कतिपयलाई हामीले राखेका पनि छौं ।”
उपमेयर विन्दु पुडासैनीले पनि विदेशबाट आएकाहरुको र्यापिड टेष्ट सुरु गरिएको जानकारी गराइन् ।
उनले भनिन्, “कतिपय विदेशबाट आएर पनि नभनीकन बसेका छन् कि भन्ने आशंका छ ।
हामीले विदेशबाट आएका सबैको लगत संकलन गरेका छौं । ६१ जनाको संकलन भएको छ । उहाँहरु सबैको परीक्षण गर्छौं ।”
सोमबार सनसिटीमा बस्ने पाँचजनाको परीक्षण गरिएको थियो ।






