काठमाडौं । कोरोनाका थप दुईजना संक्रमित नेपालमा फेला परेका छन् । यीसँगै कोरोनाका संक्रमित नेपालमा १४ जना पुगेका छन् ।
यसअघि वीरगन्जमा रहेका ३ जनामा कोरोना देखिएको थियो भने आज भएको परीक्षणमा कैलाली लम्कीकी ६५ वर्षीय महिला र रौतहटका एक १९ वर्षीय पुरुषमा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिए ।
दुवैजना क्वारेन्टाइनमा बसेका थिए ।
रौतहटमा भेटिएका कोरोना संक्रमित १९ वर्षीय पुरुषलाई नारायणी अस्पतालमा लगिएको प्रवक्ता देवकोटाले जानकारी गराए ।
उनको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी गराए ।






