काठमाडौं । सनराइज बैंकले सप्तरीको अग्निसाइर कृष्णासवरण गाँउपालिका–४, प्रश्वनीमा शाखारहित बैंकिङ सेवा सुरु गरेको छ ।
सो शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या ५७ पुगेको छ ।
बैंकले सो शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा विनोदप्रसाद चौधरीलार्ई नियुक्त गरेको छ ।




