Home / Nepal / News / लकडाउन उल्लंघन गर्नेलाई गोली हान्‍न फिलिपिन्सका राष्ट्रपतिको आदेश

लकडाउन उल्लंघन गर्नेलाई गोली हान्‍न फिलिपिन्सका राष्ट्रपतिको आदेश

मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले लकडाउन उल्लंघन गर्नेलाई गोली हान्‍न आदेश दिएका छन् ।

राष्ट्रपति डुट्रेटले लुजोनको टापुमा लागु गरिएको एकमहिने लकडाउनका बेला समस्या निम्त्याउने जो कोहीलाई पनि गोली हान्‍न प्रहरी र सेनालाई आदेश दिएका छन् ।

“मेरो आदेश प्रहरी र सेनाका अधिकारीलाई हो । यदि कसैले झगडा गर्छ र तपाईंको ज्यानलाई खतरा हुने स्थिति निम्त्याउँछ भने उनीहरुलाई  गोली ठोक्नुहोस्,” उनले टेलिभिजन सम्बोधनमा आदेश दिए ।

सरकारसँग खाद्य सहायताको माग गर्दै प्रर्दशन गर्ने मनिलाको क्युजन सिटीका २१ प्रदर्शनकारीलाई पक्राउ गरेपछि डुट्रेटले यस्तो आदेश जारी गरेका हुन् ।

 स्यान्टिटाउनका बासिन्दाले दुई साता अघिदेखि लागु गरिएको लकडाउनका कारण खाद्यसहितका राहत सामग्री नपाएको भन्दै सरकारको आलोचना गरेका थिए ।

प्रहरी अधिकारी जनरल रोनी मोन्तेजोले लाखौं जनतालाई घरभित्रै क्वारेन्टिनमा बस्‍न आग्रह गरेका छन् । 

यसअघि स्वास्थ्यकर्मीमाथि आक्रमणका घटना बढेपछि सरकारले उनीहरुलाई सुरक्षा प्रदान गरिने प्रतिबद्धता जनाएको थियो । –अलजजिरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *