काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली पक्षले यही माघ २३ गते आयोजना गर्न लागेको आमसभाका लागि भन्दै ट्राफिक प्रहरीले सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल रोक्न परिपत्र गरेको छ।
२३ गतेको आमसभामा भीभीआईपी, भीआईपीको सवारी हुने भएकाले व्यवस्थापनमा अधिकतम जनशक्ति आवश्यक देखिएको भन्दै ट्राफिकले २३ गतेको लिखित र प्रयोगात्मक दुवै परीक्षा रोकेको बताएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका चारवटै यातायात व्यवस्था कार्यालयलाई गरेको परिपत्रमा सोहीअुनसार व्यवस्था गर्न भनिएको छ। ट्राफिकको पत्र पाएपछि यातायात कार्यालयले ट्रायल र लिखित रोकिएको बताएका छन्।






