Home / World News / बङ्गलादेशमा सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

बङ्गलादेशमा सङ्क्रमितको सङ्ख्या झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयद्वारा पुष्टि

ढाका । बङ्गलादेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या शनिबार झण्डै नौ हजार पुगेको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

विगत २४ घण्टामा थप ५५२ वृद्धि भई कूल सङ्क्रमितको सङ्ख्या आठ हजार ७९० पुगेको यहाँको स्वास्थ्य मन्त्रालयका उच्च अधिकारी प्राध्यापक नाजिमा सुल्तानाले शनिबार बताउनुभयो ।

मन्त्रालयका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा थप पाँच सङ्क्रमितको मृत्यु भएको छ । कोभिड–१९का कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म १७५ पुगेको छ ।

उहाँका अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा पाँच हजार ८२७ कोरोनाभाइरसका शङ्कास्पद विरामीको नमूना परीक्षण गरिएको थियो ।

अस्पताल स्रोतले दिएको जानकारी अनुसार सङ्क्रमितमध्ये शनिबारसम्ममा १७७ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

विश्वभर कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या ३४ लाख २६ हजार ३८९ पुगेको छ भने दुई लाख ४० हजार ४९० सङ्क्रमित व्यक्ति को मृत्यु भएको छ ।

विश्वभर सङ्क्रमणपछि चिकित्सकको निगरानीमा बसेर उपचार गरी निको भई घर फर्किनेको सङ्ख्या १० लाख ९३ हजार ९६७ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *