काठमाडौँ । प्रहरीले गत बुधबार मध्यराती जनकपुरबाट अपरण गरेर काठमाडोैँ ल्याईएका समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अहपरण गरेको सम्बन्धमा जाहेरी दिन पुगेका नेताहरुलाई फिर्ता गरिदिएको छ ।
प्रहरीले घटनाको सुरुवात महोत्तरीमा भएको हुँदा त्यहीँ जाहेरी दिन भन्दै लिन नमानेको नेताहरुले बताएका छन् ।
सो पार्टीका नेता विश्वदीप पाण्डेले एसपी र डीएसपीले जाहरी लिने यहाँ होइन महोत्तरी जाउ भनेको बताए ।
घटनामा संलग्न पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदहरू महेश बस्नेत र किसान श्रेष्ठले आफूलाई अपहरण गरेको भन्दै उपत्यका प्रहरी परिसर टेकुमा मुद्धा दर्ता गराउन पुगेका थिए ।
सांसद एवं पूर्व स्वास्थ्यमन्त्री सुरेन्द्र यादवसँगै जसपाका शीर्ष नेताहरु पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, उपेन्द्र यादव, राजेन्द्र महतो लगायत टेकु पुगेका थिए ।
खनाल, बस्नेत र श्रेष्ठले गत बुधबार सांसद यादवलाई अपहरणको शैलीमा जनकपुरबाट काठमाडौं ल्याइपुर्याएका थिए।










