काठमाडौं । अफ्रिकी मुलुकहरुले नोभेल कोरोना भाइरसविरुद्धको लडाइँलाई आक्रामक बनाएका छन् । कोरोना संक्रमण नियन्त्रणका लागि अफ्रिकी मुलुकहरुमा स्क्रिनिङका साथै टेस्टिङ र ट्रसिङ रणनीतिसमेत बढाइएको छ ।
अफ्रिकामा मार्च अन्तिमसम्म पनि कोरोना नियन्त्रणका उपायहरु सुस्त गतिमा गरिए पनि पछिल्लो १० दिनको अवधिमा ४० प्रतिशतले कोरोना संक्रमितको संख्या बढ्न थालेपछि आक्रामक रणनीतिहरु अवलम्बन गरेका हुन् ।
अफ्रिकामा कोरोना संक्रमितको संख्या २८ हजार पुगेको छ भने एक हजार ३०० भन्दा बढीको मृत्यु भइसकेको छ ।
विश्व स्वास्थ्य संगठनले अफ्रिकामा तीनदेखि ६ महिनाभित्र कोरोना संक्रमितको संख्या बढेर एक करोड पुग्ने चेतावनी दिएको छ ।
चिकित्सा विज्ञहरुले कोरोना प्रकोप रोक्नका लागि आक्रामक कदमहरु चालिए भने मृत्यु हुनेको तथ्यांक कम हुनसक्ने सुझाव दिएका छन् ।
डब्लूएचओका स्वास्थ्य कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रयानले
अफ्रिकामा संक्रमणको अवस्था सुरुआती चरणमा रहेको बताएका छन् । – बीबीसी






