काठमाडौं । वीरगन्जमा थप दुईजनालाई कोरोना संक्रमण देखिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणको नतिजाअनुसार थप दुईजनामा कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिएका छन् ।
दुवैजना पर्सा वीरगन्ज निवासी पुरुष हुन् । दुईजनासँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ भने १२ जना उपचारपछि फिर्ता भइसकेका छन् ।






