काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य १-१ रुपैयाँले घटाएको छ। बिहीबार मध्यरातिदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य ८९-८९ रुपैयाँ प्रतिलिटर कायम भएको छ।
पेट्रोल र ग्यासको मूल्य भने यथावत् छ। भारतीय आयल निगमबाट डिजेलको मूल्य घटेर आएकाले नेपालमा पनि भाउ घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।
भारतबाट प्राप्त मूल्यसूचीअनुसार पेट्रोल, एलपी ग्यास र हवाई इन्धनको मूल्य बढेको छ।






