Home / Nepal / News / दक्षिण कोरियाद्वारा कोरोना भाइरस खोप विकास सहयोग समूह गठन गर्ने

दक्षिण कोरियाद्वारा कोरोना भाइरस खोप विकास सहयोग समूह गठन गर्ने

सिओल । दक्षिण कोरियाले नोभेल कोरोना भाइरसको संक्रमणविरुद्धको लडाइँका लागि खोप विकास सहयोग समूह गठन गर्ने घोषणा गरेको छ । 

दक्षिण कोरियाले यसै साता सरकारका सदस्य, विज्ञहरु, उद्योग, अनुसन्धानमुलक संस्थाका सदस्य र अस्पतालका प्रतिनिधि संलग्‍न एक खोप विकास समूह गठन गर्ने घोषणा गरेको छ । 

स्वास्थ्य र विज्ञान मन्त्रालयको नेतृत्वमा गठन हुने संयुक्त समूहले द्रुत-निर्णय गर्नसक्‍ने संयन्त्र बनाउन लागिएको बताएका छन् । स्वास्थ्य मन्त्री पार्क न्युङले राष्ट्रपति मुन जाइ-इनले बैठकमा खोप विकासका लागि प्रशासनिक, आर्थिक र नीतिगत कुराहरुमा सहयोग गर्ने प्रतिबद्धता जनाएको बताए । 

“यदि हामीले सबै प्रयासलाई एक ठाउँमा राखियो भने हामीले खोप विकास गर्न र द्रुत गतिमा उपचार गर्नसक्छौं,” आइतबारको ब्रिफिङमा स्वास्थ्यमन्त्री पार्कले भने । 

यसअघि दी लानसेट मेडिकल जर्नलमा प्रकाशित एक अध्ययन अनुसार विश्वव्यापी रुपमा गरिएको लकडाउन खोपको विकास नहुन्‍जेलसम्म पूर्ण खुला गर्न नहुने सुझाइएको छ । 

चीनको कडा लकडाउन र कोरोना नियन्त्रणका लागि सामाजिक दूरी कायम गर्ने कडा प्रावधानका कारण कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएको बताइएको छ । कोरोना उद्‌गम चीनको वुहानमा २३ जनवरीदेखि गरिएको लकडाउन ७६ दिनपछि खुला गरिएको थियो । 

कोरोना संक्रमणको दर अलि कम हुनेबित्तिकै कोरोनाका लागि गरिएको लकडाउन खोल्दा दोस्रो चरणको कोरोना प्रकोप फैलिनसक्न‍े अनुसन्धानकर्ताहरुले चेतावनी दिएका छन् । –सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *