Home / Uncategorized / कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक पक्राउ

कोरोना संक्रमित भेटिएको भन्दै अफवाह फैलाउने एक पक्राउ

ईलाम । फेसबुक मार्फत अफवाह फैलाएको अभियोगमा फाकफोकथुम गाउँपालिका ७ बस्ने २४ वर्षीय सन्दिप योङ्हाङ लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

सन्दिपले “ईलामको बिब्ल्याटेमा एक जनामा कोरोना सङ्क्रमण भेटियो” भनी फेसबुकमार्फत भ्रामक अफवाह फैलाएको पाइएपश्चात जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *