Home / Nepal / लकडाउनमा कृषि उत्पादन र बजारमा रहेका समस्यामा नआत्तिऔँ : अशिम सापकोटा

लकडाउनमा कृषि उत्पादन र बजारमा रहेका समस्यामा नआत्तिऔँ : अशिम सापकोटा

नेपालमा उत्पादन हुन सक्ने वस्तुहरुको उत्पादन बढाउन सके स्वतः नेपाली कृषक तथा बिशेष गरी महिलाको आम्दानी बढाउन सकिन्छ र बढी भएको उत्पादन पनि विश्व बजारमा पनि पुर्याउन सकिन्छ र स्वदेशमै पनि ठुलो मात्रामा रोजगारी दिन सकिन्छ भनेर विभिन्न संचारमाध्यममा समेत भनिरहने अशिम सापकोटा लामो समयदेखी कृषिको विषयमै केन्द्रीत रही पत्रकारिता गरीरहेका छन् ।


सापकोटा कृषि क्षेत्रको प्रवद्र्धन र व्यवसायिककरणलाई रेडियो, टेलिभिजन, पत्रिका तथा अनलाइन संचारमाध्यममा समेत आवद्ध भएर प्रतक्ष्य कृषि र किसानका सवालहरुको पैरविमा समेत व्यस्त रहन्छन् ।

कोरोना संक्रमण कोभिड १९ को कारण देश लकडाउनमा प्रवेश गरेको पनि चौथो हप्ता भइसकेको छ, यो समयमा पनि कृषिको विकास र प्रवद्धनमै व्यस्त रहेका सापकोटालाई न्युजडोकोकर्मी राम मणि बरालले भिडियो कल मार्फत उनको यो समयको दैनिकी र कृषिको पत्रकारीताको औचीत्यको बिषयमा यसरी विस्तार गरे ।

कृषिको पत्रकारीतामा चाँहि कसरी आउनुभयो ?
यसरी नै आँउ भन्ने उत्तर त मसँग पनि छैन् तर मलाई समयको माग रहेछ र डोरीएर आँए जस्तो लाग्छ, तर आज कृषिको पत्रकारीतामा पनि यति ठुलो भुमीका रैछ र यो क्षेत्रमा आइएछ जस्तो चाँहि लाग्छ ।

कति बर्षदेखी कृषिको पत्रकारीता गर्दै हुनुहुन्छ त ?
खासमा पत्रकारीता नै गरेको चाँहि १२ बर्ष भयो, तर कृषिको चाँहि १० बर्ष । खासमा कृषिको मुलधारमा प्रवेश गरेर पत्रकारीता गर्दा आज चाँहि अत्यन्तै रमाइलो र खुशी पनि लाग्छ ।
१० बर्षमा कृषिको पत्रकारीता गर्दा के पाँए जस्तो लाग्छ ?
सबैभन्दा ठुलो कुरा त आत्मसन्तुष्टी नै हो, खासमा प्रायजसो मानिसहरु आफ्नो पेशा व्यवसायमा सन्तुष्टि नै हुदैनन् तर म सत प्रतिशत खुशी छु र म मेरो जिवनभर नै खुश िरहनेछु । आज पनि लाखौँ किसानहरुको विश्वास पाएको छु र कृषि क्षेत्रमा हजाराँै युवाहरु मेरो कार्यक्रम सुनेर, हेरेर वा पढेर यो क्षेत्रमा लागिरहेका छन् । त्यसैले कृषि क्षेत्रले मलाई सबै चिज दिएको छ ।

खासमा पछिल्लो समयमा के कस्ता काम गरीरहनुभएको छ ?
खासमा मैले सबै संचारका माध्यमलाई परीचालित गराएर सबै वर्गका किसानमाझ नै पुग्ने प्रयास गरेको छु । कृषि क्षेत्रको नेपालको पहिलो र एसियाकै दोश्रो कृषि टेलिभिजनमा हेल्लो किसान, कृषि संवाद लगायतका कार्यक्रममा कृषि र किसानका सवाल उठाएर किसानका जड समस्याको पहिचान गरी समाधान खोज्ने काममै व्यस्त हुने गरेको छु भने, यहि प्रक्रियाका कार्यक्रम रेडियो कार्यक्रमका रुपमा समेत उत्पादन गरी देशभरीका २० रेडियो मार्फत समेत प्रसारण गर्न सफल भएको छौँ र म आँफै प्रबन्ध निर्देशक भएको एगा्रे टाइम्स मासिक पत्रिका र पत्रिकाको डिजिटल संस्करण मार्फत समेत यहि प्रयासलाई अगाडि बढाइरहेको छु ।

अहिले लकडाउनमा चाँहि के गर्दै हुनुहुन्छ त त्यसो भए ?
अलिकती लकडाउनमा कामको लोड चाँहि छैन् तर झन खाली पनि छैन् किनकी अहिले झन यो समयमा रेडियो, टेलिभिजन तथा अनलाइन संचार माध्यमको ठुलो भुमीका छ, यो समयमा खासमा देशभरी रहेका किसानलाई यो समयको विपतलाई सामना र धैयर्ताको आग्रह गर्दै सकेसम्म छिटो किसानलाई आइरहेका समस्याको कृषिको मातहतमा काम गर्ने केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमध्ये को बाट समस्याको समाधान हुन सक्छ त्यहि सम्पर्क गरी किसानको समस्याको समाधान खोज्ने काममै तल्लिन छु ।

अहिले पनि कृषि टिभीको लोकप्रिय कार्यक्रम हेलो किसान लाइफ संस्कारणलाई हरेक साँझ ६ बजेदेखी ७ बजेसम्म प्रत्यक्षमार्फत जोडिएर यहि प्रयासमा पनि छु र रेडियो कार्यक्रमलाई पनि सोहि अनुपातमै बढाएको छु ।

पोल्टी, दुग्ध, च्याउ, तरकारी, मौरी लगायतका समस्याहरुलाई कसरी केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारमध्ये कोबाट समाधानको पहल गराउन सकिन्छ भन्ने काममै व्यस्त भइन्छ यो बेला पनि ।


तपाँई यति धेरै कार्यक्रम गर्न कसरी भ्याउनुभएको छ ?
सबैभन्दा ठुलो कुरा त त्यो काम म किन र कसका लागि गर्दैछु भन्ने कुरा मनैदेखी महसुस गर्ने कुरा हो, जब भित्रि मनबाट यो गर्नैपर्छ र गर्छु भन्ने भावना जागृत हुदैन तबसम्म सानातिना काम पनि लोड लाग्न सक्छ, हो आज पनि एउटा टिभी वा रेडियो प्रश्तोताले हप्ताको सातैदिन अर्थात महिनाको तिसैदिन कार्यक्रम गर्न आँफुलाई बढी व्यस्त र लोड महसुस गर्छ तर मेरो हकमा यो कहिल्यै पनि रहेन् मैले लाइभ रेयियोमा ७०/७५ र टिभीमा ६०/६५ ओटा कार्यक्रम राम्रो सँग चलाएर पनि मेरो कार्यालय एग्रो टाइम्स मिडियो नेटवर्कको व्यवस्थापनको प्रमुख र प्रशासन प्रमुखको समेत काम गरीरहेको छु ।

तपाँइमा यो जोश कहिलेसम्म रहला त ?
जोस जाँगर भन्ने कुरा महसुस गर्ने र बाध्यता परेपछि निकाल्ने कुरा पनि हो, तर मेरो हकमा अलि फरक छ, मैँले मनबाट यो गर्छु नै भनेर मनैदेखी आँट गरेँ भने त्यसलाई सफल पारेरै छाड्छु र सिरीयस लिइन भने चाँहि त्यो काम मबाट हुँदै हुँदैन् ।

यो समयमा आम किसानलाई के भन्न चाहनुहुन्छ ?
यो समय विश्वलाई नै समस्या परेको बेला हो, आत्तिनु पटक्कै हुँदैन् । सधैँ समय एउटै रहँदैन । अलिकती असहज हुनु स्वभाविक हो, लकडाउनको कारणले उत्पादन, बजारमा रहेका समस्या आउन सक्छन् सके आँफै समाधान खोजौँ, बरु यो समयमा सहयोगी भाव राखौँ, एकले अर्कोलाई सहयोग गरौँ । नेपालमा कृषि क्षेत्रको विकास भयो भने आर्थिक संवृद्धि अवश्य हुन्छ त्यसैले हार नखाऔँ भन्न चाहन्छु ।

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *