कैलाली । कोरोना संक्रमित कैलाली लम्कीचुहा नगरपालिका ९ प्रतापपुरका २१ वर्षीय राज विक डिस्चार्ज हुने भएका छन् ।
चैत २२ गते कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएका उनको शनिबार पुन दुई पटक परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको थियो ।
कोरोना संक्रमण नदेखिएपछि उनलाई डिस्चार्ज गर्न लागिएको चिकित्सकले जनाएका छन् । उनलाई भोलीसम्ममा डिस्चार्ज गरिने अस्पतालले जनाएको छ ।
विक गत चैत ११ गते भारतको मुम्बईबाट घर फर्किएका थिए । घर फर्किएका उनी १४ दिन क्वारन्टिनमा र १५ दिन आइसोलेसनमा बसेका थिए ।






