Home / World News / मास्क नलगाएको भन्‍दै बुवाद्वारा छोराको हत्या

मास्क नलगाएको भन्‍दै बुवाद्वारा छोराको हत्या

कोलकाता, एजेन्सी । कोरोना संक्रमणबाट जोगिन मास्क नलागएको भन्दै एक ७८ वर्षीय बाबुले आफ्ना ४५ बर्षीय छोराको हत्या गरेका छन् ।

भारतको पश्‍चिम बंगालमा यस्तो घटना भएको हो ।

विश्वभर कोरोना भाईरस अर्थात् कोभिड १९ को सन्त्रास छाईरहेको बेला यसको जोखिम न्युनीकरण गर्न भन्दै बिभिन्न मेडिकलजन्य सामाग्रीहरु प्रयोग गर्ने गरिन्छ ।

यस्तैमा मास्क पनि एक अत्यन्त महत्वपूर्ण सामाग्रीमध्येको एक हो ।

शनिबार साँझ ७ बजे श्‍यामपुकुरले ४५ वर्षीय छोरालाई कपडाले थिचेर मारेको प्रहरी समक्ष बयान दिएका छन्।उनको छोरा सधैँ मास्क बिनै घर बाहिर निस्कने गर्थे।

तर बुवाले पटक(पटक सम्झाउँदा पनि नमानेपछि उ‍नले छोरालाई कपडाले थिचेर मारेको भारतीय सञ्‍चार माध्‍यमले उल्लेख गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *