काठमाडौं । कोरोना भाइरसका कारण विश्वभरमा ज्यान गुमाउनेको संख्या ५ लाख ७१ हजार ५ सय ७१ नाघेको छ ।
सोमबार बिहानसम्म कोरोना भाइरसका कारण विश्वभरमा ५ लाख ७१ हजार ५७१ जनाको ज्यान गएको हो ।
सबैभन्दा धेरै अमेरिकामा १ लाख ३७ हजार ७ सय ८२ जनाको ज्यान गएको छ भने ब्राजिलमा ७२ हजार १ सय ५१ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
हालसम्म विश्व भरिमा संक्रमितको संख्या १ करोड ३० लाख ३५ हजार ९ सय ४२ मा कोरोना संक्रमण देखिसकेको छ । यसमध्ये ७५ लाख ८२ हजार ३५ जना निको भएर घर फर्किसकेका छन् ।
नेपालमा १६ हजार ८ सय १ जना संक्रमीत मध्धे ३८ जनाले ज्यान गुमाएका छ्न भने ८ हजार ५ सय ८९ जना घर फर्किएका र बाकिको उपचार भइरहेको जनाइएको छ।






