मार्तडी : बाजुराको बडीमालिका नगरपालिका–७, जिल्लीमा भिरबाट लडेर सोही जिल्लाकी ६६ वर्षीय धनकृष्ण पण्डितको मृत्यु भएको छ।
आज बिहान गाउँनजिकै रहेको घटामाडौँ मन्दिरमा राखिएका मौरीको हेरचाह गर्न गएका बेला चिप्लिएर करिब १०० मिटर तल सडकमा खसेर मृत्यु भएको आफन्त टंकराज पण्डितले जानकारी दिए।
बिहान ७ः०० बजेतिर घरबाट निस्केर खाना खाने बेला नआएपछि खोजी गर्दा मृत्यु भएको अवस्थामा फेला पारेको पण्डितले बताए।






