लेखक : दीर्घराज प्रसाई नेपालमा जेष्ठ महिना आउन लागेपछि नेपाली जनमानसमा चिन्तै चिन्ताले ग्रसित गराउँछ । राजदरबारको विभत्स हत्याकाण्ड- हामी नेपालीहरुको इतिहासको नैं अत्यन्तै दुःखद घटना हो । दरबार हत्याकाण्डको२०५८ साल जेष्ठ १९ गतेको अपत्यारिलो कालो रात- युवराज दीपेन्द्र र पशुपति शम्सेरकी छोरी देवानीको प्रेम चंकिन लागेको थियो । शुरुमा दीपेन्द्र र देवानीबीचको प्रेमले त्यस्तो उघ्ररुप लिन्छ जस्तो थिएन । प्रेममय बन्दनमा बाँधिनु नराम्रो पनि होइन । हो, राजा, रानीले २४÷२५ बर्षको उमेरमैं युवराजाको बिवाह गरिदिएको भए कुरा अर्कै हुन्थ्यो होला । तर बेलैमा बिवाह हुन नसकेपछि कसैसँग युवा युवतीहरु प्रेममा गाँसिनु भनेको सर्वमान्य कुरा नैं हो । तर दीपेन्द्र र देवयानीको प्रेमले उग्र रुप लिन थालेपछि सबैको चासो बढ्ने नैं भयो ।
राजा रानीको दवयानीलाई युवराज्ञी बनाउने इच्छा थिएन । पछि केही नलागेर रानी ऐश्वर्यले दीपेन्द्रलाई सम्झाएर देवयानीलाई रखौटीको रुपमा राख्ने र युवराज्ञीको लागि सुप्रिया शाहसँग बिवाह गर्ने भनेपछि घटनाले उघ्ररुप लियो । पशुपति शम्सेरकी श्रीमती ‘आफू करोडपति र रानी ऐश्वर्य एक गरिब राणाकी छोरी’ भन्दै रानीसँग आगो भएकी थिइन् भन्ने कुरा दीपेन्द्रको मामाघरबाट पुष्टि भएको कुरा दरबार हत्याकाण्डको बेलाको विवरणमा उल्लेख थियो ।
देवयानीलाई एक रखौटीको रुपमा राख्ने कुराबाट उठेको आक्रोसलाई भारतीय राजदूतावास स्थित भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख हर्मिच थाराकनले यसलाई अनेकौं षडयन्त्रका तानाबुना रचेर दरबार हत्याकाण्ड गराउन ठूलो भूमिका खेले । २०५८ सालमा नेपालमा भारतीय राजदूतावासमा पीं हर्मिच भारतीय गुप्तचर संस्था ‘रअ‘ का प्रमुख थिए । त्यसपछि दरबार हत्याकाण्डमा ‘राजा, रानी र भाइ सिद्धयाएपछि राजा र रानी हुने हक दीपेन्द्र र देवयानीको हुन्छ’ भन्ने रक्तरञ्जित षडयन्त्र रचियो । यसको लागि युवराज दीपेन्द्रसँग देशयानी राणाको प्रेमको विषयलाई महत्वपूर्ण आधार बनाइयो ।
दरबार हत्याकाण्ड हुनुमा युवराजाधिराज दीपेन्द्र र दिवानी बीचको प्रेमको अभिनय नैं मूल कारण थियो । दरबार हत्याकाण्डको बेलुका ९ बजेसम्म पशुपति शम्सेरकी छोरी देवानी भारतीय राजदूतावासको दक्षिण तर्फ र नारायणहिटी राजदरबार पर्खालको दुगड निवासमा बसेर युवराज दीपेन्द्रको अवस्थाको जानकारी दीपेन्द्रका अंगरक्षक राजु कार्कीसँग मोबाइलमा लिइरहेकी थिएन् ।
जव युवराज दीपेन्द्रले आफ्रना बुबा, आमा अर्थात राजा रानी, भाइ, बहिनी, दिदी, काका, भिनाज्यूहरुको हत्या गरेर आफैले देब्र्रेहातले पेस्तोलले आफूलाई हानेर ढलेकोे कुराको विवरण लिएपछि मात्र देवयानी महाराजगञ्जको आफ्नो घरमा फर्केकी थिएन् । देवयानी दुगड निवासमा ढुकेर बसेको कुराले राजा वीरेन्द्रको बंशनासको सुनियोजित भएको जस्तो देखिन्छ ।
नेपाललाई अस्तव्यस्त बनाएर आफ्रनो प्रभावमा राख्न यहीका पार्टीका नेताहरुलाई आफ्नो पक्षमा पारेर नेपाललाई कब्जा गर्न सकिन्छ भन्ने कुरालाई सार्थक बनाउन पहिला नेपालको राजसंस्था विस्थापित नगरी सम्भव नदेखेपछि नेपालको राजसंस्था समाप्त गर्ने खेलको षडयन्त्रमा भारतीय गुप्तचरले राजदरबारभित्रैबाट गराउन सफल भयो ।
युवराज दीपेन्द्रसँग विबाह गर्ने कुराको त्यत्रो हल्ला मच्चिएपछि त्यस्तो रहस्यमय काण्डमा राती नौ बजेसम्म घरमा नभएकी छोरीले घरमा फर्केपछि दरबार हत्याकाण्डको सबै विवरण घरमा भनेकी थिइनन् भन्न सकिदैन । पशुपति शम्सेरको परिवारमा सबै कुरा थाहा भएर नैं दरबार हत्याकाण्डबाट उम्कन, राजा वीरेन्द्रको बंश नास गरिएको भोलिपल्ट नैं देवानी राणालाई बीना सोधपुछ दिल्ली पठाउनु रहस्यमय कुरा थियो । त्यत्ति मात्र होइन कि दरबार हत्याकाण्डमा देवयानीलाई पनि सोधपुछ नगरिनु अर्को त्यसबेलाको ठूलो कमजोरी थियो ।
देवयानीलाई भगाउने र पशुपति शमसेरका परिवारलाई सोधपुछ नगर्ने भारतकै दबाब थियो भन्नेहरु पनि छन् । त्यसैले यो हत्याकाण्ड एक नियोजित थियो । देवयानीले झुठा प्रेमको अभिनय गरेर दीपेन्द्रलाई बिद्रोही बनाएकी थिइन्– पे्रम पागल । नत्र हत्याकाण्ड पछि कुनै शोक सम्वेदना नदिई उनले भाग्नुपर्ने कारण थिएन । संसारमा कही पनि सच्चा प्रेम माथि यस्तो धोका हुँदैन । वास्तवमा यो नैं एउटा ग्रायन्ड डिजाइन् थियो । किनकि एक अनलाइन्मा उनले (मलाई रानी हुन इच्छा नैं थिएन भनेर बोलेको प्रकाशित कुरा पढन पाइएको थियो । )
राजदरबार हत्याकाण्डपछि कांग्रेस, एमालेले -देश र राजालाई धोका दिए, ‘रअ‘ले जे चाहन्छ त्यही गरे ! बहुमतमा रहेको कांग्रेसी सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको आपसी झगडाको कारण २०५८ जेष्ठमा प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेर भरखर सिंहासनमा आरोहण गराइएका राजा ज्ञानेन्द्रलाई सत्ता हस्तान्तर गरेर नेपाली कांग्रेसले ठूलो गल्ती गरेको थियो । भनिन्छ, राजालाई सत्ता बुझाएर राजा ज्ञानेन्द्रलाई विवादग्रस्त बनाउन नै अमेरिकी गुप्तचर संस्था सीआएको रणनीति अनुसार शेरबहादुर देउवाले त्यो षड्यन्त्र गरे । शेरबहादुर देउवालाई अमेरिकी राजदूत जुलिया चाङले नै आर्जु राणासँग विवाह गराउने काम गरेकी थिएन् ।
मन्त्रिपरिषदले निर्वाचन गराउन नसक्ने भएपछि प्रतिनिधिसभा भङ्ग भइसकेको हुँदा अर्को व्यवस्था नभइञ्जेलसम्मको लागि राजा ज्ञानेन्द्रले २०४७ सालको संविधानको ३५ (१) अनुसार सत्ता ग्रहण गरेका थिए । त्यसपछि कांग्रेसका गिरिजा र एमालेका माधव नेपालहरु राजाबाट प्रधानमन्त्री खान दौडधुप गर्न लागे । त्यही अवस्थामा उता भारतीय गुप्तचर संस्था ‘रअ‘ ले खेल्ने मौका पायो । त्यसबेलामा प्रचण्ड र बाबुराम भट्टराईको बीचमा झगडा चम्केको थियो । । पछि यी दुईको झगडा मिलाएर ‘रअ’ ले भारतको इशारामा चल्नसक्ने बनाइसकेको थियो ।
यता कांग्रेस र एमालेका नेताहरुलाई पनि ‘रअ‘ ले माओवादीसँग मिलेर २०६२ साल मंसिरमा १२ बुँदे सहमति गरेर जनआन्दोलनबाट सत्ता कब्जा गर्न सरिक भए र भारतको सम्पूर्ण सहयोगमा जनआन्दोलन गरियो । जनआन्दोलन गल्न लागेको थियो । तापनि जनआन्दोलनले रक्तपातको स्थिति आउन सक्ने देखेर राजा ज्ञानेन्द्रबाट आन्दोलनकारी दलहरुसँग प्रतिनिधिसभा ब्यूँताउने र गिरिजाप्रसाद कोइरालालाई राजाबाट प्रधानमन्त्री बनाउने आधारको सम्झौता भएर आन्दोलन रोकियो ।
कांग्रेस, एमालेले दरबार हत्याकाण्डपछि भारतमा सुरक्षाकासाथ राखिएका माओवादीहरु भारतले जे चाहन्छ त्यही गर्ने अवस्थामा थिए । अमेरिका र यूरोपका राष्ट्रहरुले पनि भारतीय रणनीतिको समर्थन गरे । यसरी एकपछि अर्को धोका दिँदै गए । २०६३ वैशाख ११ गते राजाबाट प्रतिनिधिसभा पुनस्र्थापना गरी गिरिजाप्रसाद कोइरालालाई प्रधानमन्त्रीमा नियुक्त गरिए र राजाबाटै राजदरबारको पटाङ्गिनीमा गिरिजाप्रसादले प्रधानमन्त्रीको सपथग्रहण गरे ।
राजाबाट प्रधानमन्त्री नियुक्त भएपछि गिरिजाले राजासँग भएका सम्झौता तोडे र यहाँबाट प्रारम्भ हुन्छ देश र जनतालाई धोका दिने क्रम । जनताको भावना विपरित संविधानवादलाई कुल्चेर २०६३ साल जेठ ४ गते संसदको घोषणाको नाममा नेपाली जनताको अभिमत विरुद्ध देशमा क्रिस्चियनको दबाबमा पैसा खाएर धर्मनिरपेक्ष राज्य घोषणा गरियो ।
बहुमतमा रहेको कांग्रेसी सरकारले प्रधानमन्त्री शेरबहादुर देउवा र गिरिजाप्रसाद कोइरालाको आपसी झगडाको कारण २०५८ जेष्ठमा प्रतिनिधिसभा विघटन गर्ने सिफारिस गरेर भरखर सिंहासनमा आरोहण गराइएका राजा ज्ञानेन्द्रलाई सत्ता हस्तान्तर गरेर नेपाली कांगे्रसले ठूलो गल्ती गरेको थियो । भनिन्छ, राजालाई सत्ता बुझाएर राजा ज्ञानेन्द्रलाई विवादग्रस्त बनाउन नै अमेरिकी गुप्तचर संस्था सीआएको रणनीति अनुसार शेरबहादुर देउवाले त्यो षड्यन्त्र गरे । शेरबहादुर देउवालाई अमेरिकी राजदूत जुलिया चाङले नै आर्जु राणासँग विवाह गराउने काम गरेकी थिएन् । त्योबेला एमसीसी (MCC) पास गराउन पनि शेरबहादुर देउवा राष्ट्रघाती कुलंगार बने !
राजदरबार हत्याकाण्डपछि स्थिति यसरी नेपालको बिग्रियो कि श्री ५ ज्ञानेन्द्र राजसिंहासनमा आसीन भए पनि केही दिनपछि एक अर्को गर्दै जवरजस्त गणतन्त्र घोषणा गरियो । नेपालकै पार्टीका देशद्रोही सत्तासीन नेताहरुको कारणले १४ बर्षदेखि नेपालको यस्तो अधोगति भयो !
विश्वको एकमात्र हिन्दु अधिराज्यको रुपमा कहलिएको विश्वमा नैं आफ्नो पहिचान दिएर उभिएको संसारको पुरानो सार्वभौमसत्ता सम्पन्न देश हा–नेपाल । नेपालको राष्ट्रिय झण्डा, हिन्दु अधिराज्य नेपालको पहिचान हो । नेपाल हिन्दु र बौद्धको आधिकारिक थलो हो । विश्वमा १ अर्ब हिन्दुहरु सामू विश्वको एकमात्र हिन्दुराष्ट्र नेपाल भएको र बुद्धको जन्मभूभि भएकाले विश्वमा रहेका २ अर्ब बुद्धिष्ट राष्ट्रहरु भएकाले नेपाललाई हिन्दु र बौद्धहरुको आस्थाको केन्द्र स्थल बनाउन सकिन्छ ।
अत: अव राजा ज्ञानेन्द्रकै उपस्थितिमा नेपालको अस्तित्व बचाएर संवैधानिक राजसंस्था र हिन्दु अधिराज्यलाई यथावत कायम राक्नुपर्छ ! नेपालको इतिहासमा राजा ज्ञानेन्द्रको ऐतिहासिक महत्व छ । २००७ सालमा ३ वर्षको उमेरमा पहिलोपटक राजा ज्ञानेन्द्रलाई राणाहरुले राजा बनाएका थिए । राजा त्रिभुवन निरंकुश राणा शासनको विरुद्ध भारतमा भागेर गएपछि ।बाध्यतावस राणाहरुले उनलाई राजसिंहासनमा विराजमान गराएका थिए । दोस्रोपटक २०५८ सालमा प्रधानमन्त्री कांग्रेसका गिरिजा, एमालेका माधव नेपाल लगायत राजपरिषद तथा राजनीतिक कर्मीहरुले राजाको पाउमा भेटी चढाएर सम्मानपूर्वक सिंहासनमा विराजमान गराएपछि सम्मान गरेका थिए ।
राजा ज्ञानेन्द्रलाई तेस्रो पटक नेपाली जनता र अन्तराष्ट्रिय चहाना अनुसार राजसिंहासनमा विराजमान गराउने योग छ । आवश्यकता र बाध्यताले राजा ज्ञानेन्द्र फेरि तेस्रो पटक राज्यरोहण गर्ने परिस्थिति नजिकै आउँदैछ ।
-दीर्घराज प्रसाई






