काठमाडौं । नेकपा सचिवालय बैठकले उपाध्यक्ष वामदेव गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय गरेको छ ।
उपयुक्त समयमा उमेदवार बनाएर प्रतिनिधिसभामा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपाको बालुवाटारमा बसेको सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले नेता गौतमलाई प्रतिनिधिमा लैजाने निर्णय भएको बताए।
‘उपयुक्त समयमा उहाँलाई प्रतिनिधि सभाको उम्मेद्वार बनाउने र प्रतिनिधि सभामा लैजान पहल गर्ने निर्णय भएको छ’, श्रेष्ठले भने, ‘त्यसभित्रै प्रधानमन्त्री बनाउने विषय अन्तरनिहित छ।’
उनले सचिवालयको निर्णयले वामदेव गौतमलाई प्रधानमन्त्री बन्ने ढोका खुल्ने बताए।






