काठमाडौं । आज साउन १५ अर्थात घरघरमा खीर खाएर धुमधामका साथ मनाइदैछ।
कृषिप्रधान देश भएकाले कृषकले धान रोपेर काम सकेपछि खुसियाली स्वरुप खिर खाने चलन रहदै आएको हो।
खेतिपातिको काम सकेपछि मीठो खानेकुराको रुपमा खिरलाई लिदै सबै जना भेला भएर खिर खाने प्रचलन आएको भन्ने मान्यता छ।
वैदिक सनातन सभ्यतामा पूजाआजा तथा शुभकार्यमा खीरलाई प्रसादको रुपमा लिने गरिन्छ।
ऋतु अनुसार प्राप्त प्राकृतिक पदार्थमा आधारित परिकार बनाई खाने परम्परा अनुसार दूध, घिउ प्रशस्त पाइने साउन महिनामा रोपाइँ बाट वर्षे कामको थकानबाट बच्न र
शरीरलाई चाहिने पोषकतत्व पूर्ति गर्न खीरले शक्ति दिनुको साथै रोगनिवारक पनि हुने विश्वासका साथ खिर खाने गरिन्छ।






