Home / Society / आज श्रावण सुक्ल पुर्णिमा अर्थात नयाँ जनै लगाउदै तथा रक्षाबन्धन गरि मनाइदै

आज श्रावण सुक्ल पुर्णिमा अर्थात नयाँ जनै लगाउदै तथा रक्षाबन्धन गरि मनाइदै

आज श्रावणी पूर्णीमा हिन्दू धर्मावलम्बी हरुले विशेष रुपमा मनाउने गरिन्छ।
आजका दिन नयाँ यज्ञोपवित तथा रक्षाबन्धन धारण गरी मनाउने गरिन्छ।
यसै दिनलाई जनैपूर्णिमा तथा रक्षा बन्धन पनि भन्ने गरिन्छ।
जनै पुर्णिमा रक्षाबन्धनलाई मर्यादा र आत्मा निग्रहद्वारा मृत्युमाथि विजय प्राप्त गर्ने पर्वको रुपमा लिने गरिन्छ।


आजका दिन अध्यायोपाकर्म वेदोपाकर्म वा वेदारम्भ कर्म गरी मनाइन्छ।
यसै दिन महर्षि याज्ञवल्क्यले आदित्य ब्रह्म(सूर्य)बाट वेद प्राप्त गरेका थिए।
अतः यस दिनलाई वेदजयन्तीको रुपमा पनि चिनिन्छ।

आजका दिन बिहानै नित्यस्नान, प्रातःसन्ध्योपासना गरी सम्भव भए मध्याह्नमा नदी, तलाउमा गई सम्भव न भए घरकै पवित्र जलले अपामार्ग, गाईको गोबर तथा चोखो स्थानको माटो कुशपानी आदि लगाई विधिपूर्वक श्रावणी निमित्तक मध्याह्न स्नान, सन्ध्योपासना आदि सम्पन्न गर्ने गरिन्छ।


आजका दिन दिदी बहिनिहरुले आफ्ना दाजु भाइ हरुलाइ दाजु भाइको रक्षाको कामना गर्दै रक्षा बन्धनका रुपमा डोरि बाधी दिने चलन छ।
अनि आफन्त तथा परिवारजन जम्मा भएर गेडागुडीलाई उमारेर बनाइएको क्वाटी खाने चलन छ।
क्वाटिलाइ शरीरलाई ऊर्जाशक्ति र रक्तसञ्चारलाई मजबुत बनाउनका लागि खाने प्रचलन छ।
प्रत्येक बर्स आजका दिन रसुवाको गोसाइँकुण्डमा ठूलो मेला लाग्ने गरेता पनि यसपाली कोरोना महामारीको कारण स्थगित भएको छ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *