Home / Nepal / News / बैतडीको महाकाली राजमार्ग अन्तर्गत फेला परेको`डेक्ची’ बम सेना द्वारा निस्क्रिय,

बैतडीको महाकाली राजमार्ग अन्तर्गत फेला परेको`डेक्ची’ बम सेना द्वारा निस्क्रिय,

बैतडी : बैतडीको महाकाली राजमार्गअन्र्तगत दोगडाकेदार गाउँपालिका–६, चम्तडीस्थित सडकमा फेला परेको बम नेपाली सेनाको टोलीले आज निस्क्रिय पारेको छ।

गएराति बीच सडकमा भेटिएको बेवारिसे अवस्थामा फेला परी निस्क्रिय पारिएको उक्त शंकास्पद वस्तु डेक्ची बम रहेको छ।

बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीका अनुसार `उक्त बम कसले र किन राखेको भन्ने खुल्न सकेको छैन। थप अनुसन्धान गर्दैछौँ।´ नेत्रविक्रम चन्द समूह नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेकाले उक्त समूहले नै बम राखेको हुनसक्ने आशंका गरिएको छ।

यसैबीच, गए रातिदेखि अवरुद्ध भएको राजमार्ग सञ्चालन भएको छ। सडकमा राखिएको बमका कारण बन्द भएका सवारी–साधन पनि बम निस्क्रिय पारिएसँगै सञ्चालनमा आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *