काठमाडौं । बैठक कक्ष प्रवेश गर्दा अनिवार्यरूपमा साबुनपानीले हात धुनुपर्ने, बैठक अवधिभर सबैले अनिवार्यरूपमा मेडिकल मास्कको प्रयोग गर्नुपर्ने आचारसंहितामा उल्लेख छ ।
त्यसै गरी बैठक समयमा भौतिक दूरीको पालना गरी तोकिएको कुर्सीमा मात्र बस्नुपर्ने, बैठक अवधिभर घरमा गई स्वयं एकान्तबासको नियमहरूको पालना गर्नुपर्ने गरी समितिले सांसदका लागि आचारसंहिता बनाएको छ ।
समितिले सकेसम्म समूहगत छलफल नगर्ने, यदि गर्नैपरेको अवस्थामा भौतिक दूरीको अनिवार्य पालना गर्नुपर्ने, आफूलाई स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या (ज्वोरो, खोकी, थकान, शरीर दुखाइ आदि) देखापरेमा तुरुन्त स्वास्थ्यकर्मीलाई खबर गर्नुपर्ने भनिएको छ ।






