Home / Nepal / संघीय संसदमा आज देखि बजेट अधिवेशन शुुरू

संघीय संसदमा आज देखि बजेट अधिवेशन शुुरू

काठमाडौं । संघीय संसदमा आज शुक्रबारदेखि बजेट अधिवेशन शुुरू हुँदै छ ।

यस अधिवेशनमा सहभागी हुने संसद् र अन्य व्यक्तिहरू संसद् बैठक अवधिभर सांसद घरमा एकान्तबासमा बस्नुपर्ने नियम बनाएको छ ।

संसद् भवन बानेश्वरमा बिहीबार राष्ट्रिय सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले यस्तो नियम बनाएको हो ।

समितिको बैठकले विभिन्न सातबुँदे आचारसंहितासमेत तयार पारेको संसद् सचिवालयले जनाएको छ ।


विश्व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्डलाई पालना गर्दै एक मिटरको दूरी कायम गरेर दुई सिट छोडेर बस्ने व्यवस्था मिलाइने समितिले जनाएको छ भने राष्ट्रिय सभा बैठक कक्षमा अधिवेशन अवधिभर सदस्यहरू नियमितरूपमा एउटै सिटमा बस्नेछन् ।

बैठकको निर्णयअनुसार प्रधानमन्त्री, मन्त्री तथा राष्ट्रिय सभा दलको नेताबाहेक अन्य सदस्यहरूले आमरूपमा रोस्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नेछन् ।

संसद् भवनमा प्रवेश गर्दा र फर्कंदा फरक ढोकाको प्रयोग गरिनेछ ।

क्यान्टिन र सभाहलबाहिर पनि अनावश्यक भीड नगर्न तथा दूरी कायम गर्न समितिको निर्णयमा भनिएको छ । संसद् भवनलाई बैठकअगाडि स्यानिटाइज तथा अन्य सरसफाइमा विशेष ध्यान दिइने जनाएको छ ।

दर्शकदीर्घामा कसैलाई पनि प्रवेश गर्न नदिइने तथा मिडियालाई आमरूपमा सचिवालयले फोटो उपलब्ध गराउने तथा फोटो खिच्न भीड नहुने गरी व्यवस्थापन गर्ने जनाएको छ ।

त्यसै गरी स्वास्थ्य सेवा विभागको विज्ञ टोलीले कोभिड–१९ रोग संक्रमणको सम्भावित जोखिम रोकथाम गर्ने गरी संसद् भवनको स्थलगत अनुगमनपश्चात् तयार पारेको सुझाव प्रतिवेदनमा उल्लेखित आचारसंहिताको पालना गर्ने समितिको निर्णयमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *