काठमाडौं: देशभर २४ घण्टामा थप २२२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थप १३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ।
हालसम्म कुल कोरोना संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छभने कुल मृतकको संख्या ८४२ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ४६०५७ रहेको छ। पछिल्लो २४ घण्टामा थप २८४६ जना कोरोना संक्रमणमुक्त भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ ।