Home / Nepal / पहिरोको कारण अवरुद्ध पर्वत-बागलुङ सडक बिहीवार बिहान बाट सुचारु

पहिरोको कारण अवरुद्ध पर्वत-बागलुङ सडक बिहीवार बिहान बाट सुचारु

केही दिन अगाडि पर्वतको कुश्मा नगरपालिका-१ सहस्रधारामा पहिरो झर्दा सडक अवरुद्ध भएको सडक आज बाट खुलेको छ । अवरुद्ध सडक आज (बिहीबार) बिहानबाट सञ्चालनमा आएको हो । 

निरन्तरको बर्षाको कारण पहिरो खसिरहने भएकाले बाटो खुलाउन नसकिएता पनि गए राति देखि वर्षा रोकिँदा सडक खुलाउन सकिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । 

 सडक खुलेसँगै अलपत्र परेका सवारी साधन गन्तव्यतर्फ लागेका छन भने जनजीवन केही सहज भएको छ । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *