Home / Society / रामेछाप जिल्लामा एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

रामेछाप जिल्लामा एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । रामेछाप जिल्लामा एकै पटक १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

धुलिखेल अस्पतालमा पीसीआर परीक्षण गरिएका १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिंफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमण पुष्टि हुनेहरु १७ देखी ४९ वर्ष सम्मका पुरुष रहेको जानकारी दिनुभयो ।

जिल्लाको गोकुलगंगा गाउँपालिकाका ११ जना र लिखुतामाकोशी गाउँपालिकाका ६ जनामा कोरोना पुष्टि भएको बताए पनि जिल्ला स्वास्थ्य कार्यालय रामेछापले संक्रमितहरुको विवरण खोजी रहेको छ ।

रामेछापको गोकुलगंगा गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका, मन्थली नगरपालिका र दोरम्बा गाउँपालिकाका ६४ जनाको स्वाब संकलन गरेर परीक्षण गर्न काठमाडौ पठाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले १७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि कुन स्थानीय तहका हुन भनेर पहिचान गरिरहेको जानकारी दिनुभयो । 

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *