Home / Nepal / प्रदेश १, वाग्मती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा

प्रदेश १, वाग्मती , गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा वर्षा

काठमाडौं : जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आज विहान देशभर सामान्य बदली रहेको छ। प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भएको छ। काठमाडौं उपत्यकामा आज दिनभर मौसम सफा रहे पनि साँझपख पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठ बताउँछन् । यद्यपि, ठूलो वर्षाको सम्भावना भने छैन ।

आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको विभागको भनाइ छ । मनसुन केही कमजोर भएकाले निरन्तरको झरी भने अबको केही दिन हुने छैन । तर, मनसुन भने ररिरहेको मौसमविद् श्रेष्ठ बताउँछन् । कम्तीमा तीनदिन मनसुन सक्रिय भएर निरन्तर झरी पर्ने अवस्था छैन ।

“मनसुन अन्त्य भइनसकेको र विभिन्न ठाउँमा पानी पर्ने भएकाले बाढी तथा पहिरोको जोखिम हटिसक्यो भन्न मिल्दैन। लामो समय पानी परेर माटो गलेको अवस्थामा सामान्य वर्षा हुँदा पनि पहिरो तथा जमिन कटानको जोखिम हुन्छ,” श्रेष्ठ भन्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *