Home / Nepal / विराटनगरमा रथको साटो राधाकृष्ण खटयात्रा

विराटनगरमा रथको साटो राधाकृष्ण खटयात्रा

विराटनगर : विराटनगरमा कोभिड-१९का कारण यो वर्ष पनि श्रीकृष्ण रथयात्रा गरिएन। हरेक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट राधाकृष्ण मन्दिरबाट रथयात्रा निकाल्ने चलन थियो। मंगलबार विराटनगरमा कोरोना महामारीका कारण रथयात्राको सट्टामा खटयात्रा निकालिएको छ।

विगतमा ठुलो संख्यामा दर्शनार्थी भेला भई रथ तान्ने र पूजाआजा गरिन्थ्यो । रथलाई नगर परिक्रमा गर्न हजारौ भक्तजन सहभागी हुने गथ्र्यो । तर, विगतका वर्षझैँ योपटक पनि रथयात्रा सम्भव नभएपछि खटयात्रा निकालिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ । अध्यक्ष बाबुराजा ओझाले धार्मिक परम्परालाई निरन्तरता दिनकै लागि खटयात्रा निकालिएको बताए।

योपटक तीनपैनी चोकस्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको मूर्तिलाई खटमा राखेर यात्रा सुरु भएको थियो। गाडीमा खट राखेर नगरवासीलाई दर्शन गराउँदै खटयात्राले तीनपैनी चोक, ट्राफिक चोक, रोडशेष चोक, बरगाछी र राजवंशी चोक भएर पुष्पलाल चोकबाट फेरि मन्दिर ल्याइएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *