Home / Nepal / News / गायिका नेहा कक्कडले गरिन रोहनप्रितसग बिबाह

गायिका नेहा कक्कडले गरिन रोहनप्रितसग बिबाह

नयाँदिल्ली । गायिका नेहा कक्कड विवाह गरेकी छन् । उनले २४ अक्टोबरमा रोहनप्रित सिंहसँग दिल्लीमा विवाह गरेकी हुन् । उनीहरुको विवाह समारोहमा पारिवारिक सदस्य र नजिकका साथीहरुको मात्रै उपस्थिति थियो ।

विवाह समारोह निकट व्यक्तिहरुको मात्रै उपस्थितिमा गरिए पनि यो जोडीले पन्जाबमा रिसेप्सन भने भव्य रुपमा आयोजना गरेका थिए ।

सामाजिक सन्जालमा नेहा र रोहनप्रितको मेहेन्दीदेखि विवाह समारोहका तस्बिर तथा भिडियोहरु भाइरल भएका छन् । नेहाले पनि इन्स्टाग्राममा आफ्नो मेहेन्दीको तस्बिर हाल्दै लेखेकी छिन्, “निहुप्रितको हल्दी सेरेमनी !”

नेहाले विवाहका केही साताअघि अर्थात् ९ अक्टोबरमा मात्रै रोहनप्रितसँगको आफ्नो फोटो सेयर गर्दै सम्बन्धबारे खुलासा गरेकी थिइन् । -जागरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *