काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बिच केहीबेरमा भेटघाट हुदैंछ।
यसअघि, माओवादी केन्द्र र जसपा र एमालेका शीर्ष नेताहरुलाई भेटेका विप्लवले बुधबार प्रधानमन्त्री देउवालाई भेट्ने कार्यक्रम रहेको हो।बुधवार अपरान्ह चार बजे प्रधानमन्त्री देउवालाई सँग भेटघाट हुन लागेको बिप्लब निकट श्रोतले जनाएको छ।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारसँग भएको तीनबुँदे सहमति कार्यान्वयनका लागि प्रधानमन्त्री देउवालाई भेट्न लागिएको विप्लव निकट श्रोतले बताएको छ ।
प्रधानमन्त्री देउवा र विप्लवको भेटमा गृहमन्त्री बालकृष्ण खाँण र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि सहभागी हुने कार्यक्रम रहेको छ ।






