Home / Nepal / एमबीबीएस र बीडीएसका विद्यार्थीहरु पेपरलेस परीक्षा दिँदै

एमबीबीएस र बीडीएसका विद्यार्थीहरु पेपरलेस परीक्षा दिँदै

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले पहिलो पटक प्रश्नपत्ररहित कम्प्युटरमार्फत उत्तर बुझाउने गरी काउन्सिलले एमबीबीएस र बीडीएस तहका कूल १ हजार ३८५ जना विद्यार्थीको परीक्षा पेपरलेस एक्जामिनेसन सञ्चालन गरेको छ।

आइतबार एमबीबीएस तहका ५७५ विद्यार्थीले परीक्षा दिएका थिए भने सोमबार ६०० जनाले दिँदैछन्। त्यस्तै बीडिएस तहका २१० जनाको परीक्षा मंगलबार लिइने काउन्सिलका सदस्य सचिव डा.कालुसिंह खत्रीले बताए।

कूल १८० प्रश्नका लागि ३ घण्टा समय दिएको छ। परीक्षा मूल्यांकन पनि कम्प्युटरकै माध्यमबाट गरिने काउन्सिलले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *